हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको अवस्थामा दामोदरसमेत पाँच जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ९० रुपैयाँ, ३ सय ६० पत्ता ताससहित पक्राउ गरेको हो । 

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००५ प २८२० र प्र.३-०३-००१ प ५८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : ५४ बजे

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसका नेतालाई एमालेमा स्वागत गर्दै योगेशले भने : अब नेताले होइन, राष्ट्रले जित्नुपर्छ

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन