काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी « Khabarhub

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएकी ३५ वर्षीया कविता गुरुङको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौंकै नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका २४ वर्षीय गम्भीर श्रेष्ठको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी
भएको छ ।

त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने सुदिप विकले सोही ठाउँस्थित सञ्चालन गरेको सौगात ज्वेलर्सबाट सुन तथा चाँदीका गरगहनासमेत गरी करिब ३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : १७ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२