मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति « Khabarhub

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले  राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेढाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १ लाख रहेको छ । 

राष्ट्रपति पौडेलले भने, ‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र  संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सूक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। 

 राष्ट्रपति पौडेलले  पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थी आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको बताए ।  

सम्मानित व्यक्तित्व राजनीतिज्ञ मानवीले तत्कालीन पञ्चायत व्यवस्थाको अप्ठ्यारो परिस्थितिमा परिवर्तनका लागि आफूले जुनकिरी झै बनेर काम गरेको अनुभव सुनाए ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पुरस्कार स्थापनाको उद्देश्य र सम्मानित व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : ३८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद