भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली « Khabarhub

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक राज्यको बैंगलोर हुने गरेको छ । 

पहिला पहिला नेपाली दिल्ली र मुम्बई जाने गरेकामा अहिले भारत बैंगलोर रोजगारीको गन्तव्य बन्ने गरेको छ । भारतको बैगलोरमा परिवारसहित जाँदा घरेलु कामदार रूपमा काम पाइने भएका कारणले धेरै जसोले नेपाली त्यहाँ पुग्ने गरेका हुन् । 

बैगलोरमा कर्णाली र सुदुरपश्चिममा धेरै नेपाली परिवारसहित लामो समयदेखि रोजगारी गर्ने गरेका छन् । भारतको मुम्बई र दिल्लीमा विगतमा धेरै नेपाली रोजगारीमा हुने नेपालीले सुरक्षित स्थान बैगलोरलाई रोज्ने गरेका थिए । 

तर, सोझा सिधा नेपालीले भारतको बैंगलोरमा कामको खोजीमा जान थालेपछि चोरी र गलत मनसाय भएका व्यक्तिहरूका कारणले त्यहाँ पनि नेपालीहरूले दुख पाउन थालेको विगतको १२ वर्षदेखि बैगलोरमा रोजगारी गर्दै आएका अछामका रामबहादुर विकले बताए । 

‘विगतमा बदमासहरूले दिल्ली र मुम्बई यस्तै चोरी बदमासी काम गर्दा साधारण नेपालीले दुःख पाउने गरेका थिए,’ उनले भने,‘अहिले यहाँ रहेका नेपालीले बदमासी बेला–बेला गर्ने भएकाले दुःख पाउन थालेका छन् ।’

त्यस्तै, भारतको बैगलोरमा भएको चोरी काण्डमा कारणले ३५ भन्दा बढी नेपालीलाई हिरासतमा लिएको छ । भारतको कर्नाटक राज्यको बैगलोरमा रहेको एचएएलमा लाल बहादुर शास्त्री नगरमा ५५ वर्षीय व्यवसायी र राजनीतिक दलका पदाधिकारीसमेत रहेका एस रमेश बाबूको घरमा चोरी भएको हो । 

रमेश बाबूकको घरमा घरेलु कामदारका रूपमा राखिएका नेपाली राज र दीपाले चोरी गरेका हुन् । राज र दीपा तीन महिना पहिलो उनको घरमा कामदारको रूपमा राखिएको उनीहरूले रमेश बाबुको विश्वास जितेका थिए । रमेश बाबू र उनको परिवार २७ मेमा तिरुपति गएका थिए । त्यही समयमा चोरी भएको हो । राज र दीपाले उनीहरूका साथीहरूसँग मिलेर चोरी गरेका हुन
। 

२८ मेको बिहान रमेशले आफ्नो फोनमा घरको सीसीटीभी जाँच गर्दा बन्द रहेको थियो । त्यसपछि उनले छिमेकीलाई आफ्नो घरको जाँच गर्न भनेका थिए । त्यसपछि चोरी भएको थाहा भएको हो । 

यस विषयमा भारतीय प्रहरीले दीपा र राजलगाएतका अन्य तीन जना साथीहरूको खोजी शुरु गरेको छ । प्रहरीले विशेष टोली बनाएर खोजी गरिरहेको छ । 

प्रहरीले त्यहाँ रोजगारीमा रहेका ३५ भन्दा बढी नेपालीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको नेपालीहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ५० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना