भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली | Khabarhub Khabarhub

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक राज्यको बैंगलोर हुने गरेको छ । 

पहिला पहिला नेपाली दिल्ली र मुम्बई जाने गरेकामा अहिले भारत बैंगलोर रोजगारीको गन्तव्य बन्ने गरेको छ । भारतको बैगलोरमा परिवारसहित जाँदा घरेलु कामदार रूपमा काम पाइने भएका कारणले धेरै जसोले नेपाली त्यहाँ पुग्ने गरेका हुन् । 

बैगलोरमा कर्णाली र सुदुरपश्चिममा धेरै नेपाली परिवारसहित लामो समयदेखि रोजगारी गर्ने गरेका छन् । भारतको मुम्बई र दिल्लीमा विगतमा धेरै नेपाली रोजगारीमा हुने नेपालीले सुरक्षित स्थान बैगलोरलाई रोज्ने गरेका थिए । 

तर, सोझा सिधा नेपालीले भारतको बैंगलोरमा कामको खोजीमा जान थालेपछि चोरी र गलत मनसाय भएका व्यक्तिहरूका कारणले त्यहाँ पनि नेपालीहरूले दुख पाउन थालेको विगतको १२ वर्षदेखि बैगलोरमा रोजगारी गर्दै आएका अछामका रामबहादुर विकले बताए । 

‘विगतमा बदमासहरूले दिल्ली र मुम्बई यस्तै चोरी बदमासी काम गर्दा साधारण नेपालीले दुःख पाउने गरेका थिए,’ उनले भने,‘अहिले यहाँ रहेका नेपालीले बदमासी बेला–बेला गर्ने भएकाले दुःख पाउन थालेका छन् ।’

त्यस्तै, भारतको बैगलोरमा भएको चोरी काण्डमा कारणले ३५ भन्दा बढी नेपालीलाई हिरासतमा लिएको छ । भारतको कर्नाटक राज्यको बैगलोरमा रहेको एचएएलमा लाल बहादुर शास्त्री नगरमा ५५ वर्षीय व्यवसायी र राजनीतिक दलका पदाधिकारीसमेत रहेका एस रमेश बाबूको घरमा चोरी भएको हो । 

रमेश बाबूकको घरमा घरेलु कामदारका रूपमा राखिएका नेपाली राज र दीपाले चोरी गरेका हुन् । राज र दीपा तीन महिना पहिलो उनको घरमा कामदारको रूपमा राखिएको उनीहरूले रमेश बाबुको विश्वास जितेका थिए । रमेश बाबू र उनको परिवार २७ मेमा तिरुपति गएका थिए । त्यही समयमा चोरी भएको हो । राज र दीपाले उनीहरूका साथीहरूसँग मिलेर चोरी गरेका हुन
। 

२८ मेको बिहान रमेशले आफ्नो फोनमा घरको सीसीटीभी जाँच गर्दा बन्द रहेको थियो । त्यसपछि उनले छिमेकीलाई आफ्नो घरको जाँच गर्न भनेका थिए । त्यसपछि चोरी भएको थाहा भएको हो । 

यस विषयमा भारतीय प्रहरीले दीपा र राजलगाएतका अन्य तीन जना साथीहरूको खोजी शुरु गरेको छ । प्रहरीले विशेष टोली बनाएर खोजी गरिरहेको छ । 

प्रहरीले त्यहाँ रोजगारीमा रहेका ३५ भन्दा बढी नेपालीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको नेपालीहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ५० बजे

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच