राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलास नं. ९ मा पाण्डेले आफूलाई पदबाट निलम्बन गर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उच्च अदालत दायर रिटमा सुनुवाइ सकिएको हो ।

पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

२०८१ चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा हाजिर हुन जाने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले अवरोध गरेको थियो । आफैंले परिचालन गर्ने नगर प्रहरीले अवरोध गरेपछि गुरागाईंले पाण्डेलाई कारबाहीसहित निलम्बन गरिदिएका थिए ।

महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि पनि बनाइसकेको छ।

पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि तीन महिना बिदामा रहेका गुरागाईं कमलादीस्थित कार्यालयमा हाजिर हुन आउँदा मेयर बालेन्द्र साहले पाण्डे नेतृत्वको नगर प्रहरी उतारेका थिए ।

त्यसबेला उपप्रमुख सुनीता डंगोल र वडाध्यक्षहरूसमेत जुटेर गुरागाईंलाई हाजिर गराएका थिए । नगर प्रहरीले बल प्रयोग गरे पनि गुरागाईंले हाजिर भएर अहिले काम गरिरहेका छन् । यद्यपि उनी र मेयर बालेनबीच बोलचाल बन्दछ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : ०५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।