बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित, प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन « Khabarhub

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित, प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अनिश्चि भएको छ।

बुधबार महानगरको श्रोत व्यवस्थापनको बस्ने भनिए पनि आफूहरूलाई अहिलेसम्म कुनै जानकारी नआएको प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘बैठकबारे अहिलेसम्म हामीलाई आधिकारिक जानकारी छैन’, उनले खबरहबलाई भने ।

मेयर बालेन्द्र साहले पानी बाराबारको अवस्था रहेका समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गर्न खोजेपछि बैठक बस्न नसकेको हो ।

साहले प्रशासनलाई प्रस्ताव तयार गर्न लगाएर गुरागाईंबिना नै बैठक राख्न खोजेका थिए । उनले प्रमुख प्रशासकीय अधिकृतलाई साथमा नलिई बजेट पनि निर्माणमा जुटिरहेका छन् ।

स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ । असार मसान्तासम्म बजेट पारित गरिसक्नुपर्ने उल्लेख छ । तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक बस्न नसकेपछि बजेट अन्योलमा परेको छ। बुधबार बस्ने भनिएको यो बैठक पनि अहिलेसम्म अनिश्चित रहेको महानगरका प्रवक्ता मानन्धरले बताए ।

अहिलेसम्म कार्यपालिका र नगर सभा पनि बस्न सकेको छैन । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्दा नयाँ आर्थिक वर्षको बजेट नै अन्योलमा परेको छ । मेयर साहले समितिका सदस्य सचिव गुरागाईंबिना नै बैठक राख्ने कसरत गरेपछि अन्य जनप्रतिनिधले आपत्ति जनाएका छन् ।

साहले बुधबार बिहान ११ बजे आफ्नै कार्यकक्षमा बैठक बोलाएका थिए। तर उक्त बैठक अपरान्ह ४ बज्न लाग्दा पनि बस्न सकेको छैन । सदस्यसचिव अनिवार्य हुनुपर्ने बैठकमा गुरागाईंलाई ‘बाइपास’ गरेपछि बैठक अन्योलमा परेको हो ।

समितिको सदस्यमा उपप्रमुख सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ७ महिनादेखि बस्न सकेको छैन ।

नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ ।

तर, मेयर साहले भने कार्यपालिका र नगरसभा दुवै राख्न सकेका छैनन् । त्यहीकारण महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णयलगायत काम पनि अन्योलग्रस्त छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : २२ बजे

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको