बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित, प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन « Khabarhub

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित, प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अनिश्चि भएको छ।

बुधबार महानगरको श्रोत व्यवस्थापनको बस्ने भनिए पनि आफूहरूलाई अहिलेसम्म कुनै जानकारी नआएको प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘बैठकबारे अहिलेसम्म हामीलाई आधिकारिक जानकारी छैन’, उनले खबरहबलाई भने ।

मेयर बालेन्द्र साहले पानी बाराबारको अवस्था रहेका समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गर्न खोजेपछि बैठक बस्न नसकेको हो ।

साहले प्रशासनलाई प्रस्ताव तयार गर्न लगाएर गुरागाईंबिना नै बैठक राख्न खोजेका थिए । उनले प्रमुख प्रशासकीय अधिकृतलाई साथमा नलिई बजेट पनि निर्माणमा जुटिरहेका छन् ।

स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ । असार मसान्तासम्म बजेट पारित गरिसक्नुपर्ने उल्लेख छ । तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक बस्न नसकेपछि बजेट अन्योलमा परेको छ। बुधबार बस्ने भनिएको यो बैठक पनि अहिलेसम्म अनिश्चित रहेको महानगरका प्रवक्ता मानन्धरले बताए ।

अहिलेसम्म कार्यपालिका र नगर सभा पनि बस्न सकेको छैन । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्दा नयाँ आर्थिक वर्षको बजेट नै अन्योलमा परेको छ । मेयर साहले समितिका सदस्य सचिव गुरागाईंबिना नै बैठक राख्ने कसरत गरेपछि अन्य जनप्रतिनिधले आपत्ति जनाएका छन् ।

साहले बुधबार बिहान ११ बजे आफ्नै कार्यकक्षमा बैठक बोलाएका थिए। तर उक्त बैठक अपरान्ह ४ बज्न लाग्दा पनि बस्न सकेको छैन । सदस्यसचिव अनिवार्य हुनुपर्ने बैठकमा गुरागाईंलाई ‘बाइपास’ गरेपछि बैठक अन्योलमा परेको हो ।

समितिको सदस्यमा उपप्रमुख सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ७ महिनादेखि बस्न सकेको छैन ।

नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ ।

तर, मेयर साहले भने कार्यपालिका र नगरसभा दुवै राख्न सकेका छैनन् । त्यहीकारण महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णयलगायत काम पनि अन्योलग्रस्त छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : २२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद