बाढीबाट जोगाउन तटबन्ध निर्माण « Khabarhub

बाढीबाट जोगाउन तटबन्ध निर्माण


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ । 

नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माण गरिएपछि एक सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताए । 

‘स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पुर्‍याउँदै आएको थियो’, उनले भने, ‘सङ्घीय र प्रदेश सरकारको एक करोड चार लाख रुपैयाँ बजेटमा भूक्षय हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।’

तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानीय रमेश विकले बताए ।  ‘बर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए’, उनले भने, ‘तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।’

थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेय बताए। 

वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा  ५० लाख रुपैयाँको लागतमा दुई सय मिटर लम्बाइको पर्खाल निर्माण, वडा कार्यालयमा ३५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण, शिव शक्ति माध्यमिक विद्यालयमा२० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा  ३५ लाख रुपैयाँको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको छ । रासस

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : ३७ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक