टम क्रुजले पाउने भए अस्कर अवार्ड « Khabarhub

टम क्रुजले पाउने भए अस्कर अवार्ड


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड नायक तथा निर्माता टम क्रुजलाई मानर्थ अस्कर अवार्ड दिइने भएको छ ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले गभर्नर अवार्डमार्फत क्रुजलाई सम्मान गर्न लागिएको मंगलबार जानकारी दिएको हो ।

कोरियोग्राफर तथा नायिका डेबी एलेन र प्रोडक्सन डिजाइनर विन थोमसलाई पनि उक्त अवार्डले सम्मान गरिने बताइएको छ ।

त्यस्तै संगीत आइकन जीन हर्शोल्टलाई मानवीय पुरस्कारले सम्मानित गरिने एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले बताएको छ ।

यी चारै जनालाई आगामी नोभेम्बर १६ मा हुने सोह्रौं गभर्नर अवार्डमा सम्मान गरिने बताइएको छ ।

यो कार्यक्रम ओभेसन हलिउडको रे डल्बी बलरूममा आयोजना हुने बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित