बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी « Khabarhub

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ‍।

बालुवाटारमा जारी छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । 

यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओली र सभापति देउवाबीच जारी छलफलमा  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल हुने भनिएको थियो । 

तर, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अनुपस्थित छन् । अध्यक्ष प्रचण्ड पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला चितवनमा रहेका उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ५१ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना