इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ « Khabarhub

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण सन्देश  दिएका छन्। इजरायलले ६ अमेरिकी आडमा ६ दिनदेखि जारी राखेको आक्रमणबीच उनले कडा सन्देश दिएका हुन् । सम्बोधनमा उनले अमेरिका र इसरायललाई तीनवटा मुख्य सन्देश दिएका छन्।

उनले सम्बोधनका क्रममा इरान र अमेरिकाबीच अप्रत्यक्ष रुपमा भइरहेको आणविक वार्ताका क्रममा इजरायलले हमला शुरू गरेको बताए । तर त्यस अवधिमा इरानले कुनै पनि सैन्य वा कठोर प्रतिक्रिया नदिएको उनले खुलाए।

दोस्रो सन्देशमा खामेनीले अमेरिकालाई चेतावनी दिँदै चेतावनी इरानले आत्मसमर्पण नगर्ने बताए । अमेरिकी सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउने पनि उनले चेतावनी दिए।

तेस्रो सन्देशमा उनले अमेरिका आफैं युद्धमा संलग्न हुनु इजरायलको कमजोरीको संकेतका रूपमा व्याख्या गरेका छन् । खामेनीले इजरायली आक्रमणबाट पीडित इरानी नागरिकहरूलाई ऐक्यबद्धताको सन्देश पनि दिएका छन्।

‘यो राष्ट्रले जबरजस्ती लादिएको युद्धको जस्तै, जबरजस्ती लादिएको शान्तिको पनि विरोध गर्नेछ’, ‘खामेनीले तास्नीम समाचार एजेन्सीमार्फत् प्रसारित टेलिभिजन सम्बोधनमा भनेका छन्, ‘थोपिएका कुनै पनि कुराको अगाडि यो राष्ट्र कसैसामु आत्मसमर्पण गर्दैन।’

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उल्लेख गर्दै भने, ‘जो इरान र यसको इतिहासलाई चिन्छन्, उनीहरूलाई थाहा छ, धम्कीको भाषाले इरानीहरूलाई असर गर्दैन।’

सैन्य हस्तक्षेपले हुने क्षति आकलन गर्न पनि उनले चेतावनी दिएका छन् । ‘अमेरिकाले बुझ्नुपर्छ, कुनै पनि अमेरिकी सैन्य हस्तक्षेप अपूरणीय परिणामसहित आउनेछ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ०० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम