सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै सो भू–उपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्याङ्कको सूचनाको विश्लेषणका आधारमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

विभागले मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

सोहीअनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ ।विभागले अद्यावधिक सूचनाको जानकारी लिई सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ११ बजे

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका

तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध