लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का « Khabarhub

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले जनाएको छ ।

गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना मात्र फेला परेको आइओएमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समुद्रमा डुबेर मृत्यु हुनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट करिब ३५ किलोमिटर टाढा भएको थियो, जहाँ कम्तीमा ३९ जनाको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि आईओएमका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले भने, “दर्जनौंको मृत्युको पीडामा रहेको अवस्थामा आईओएमले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायलाई खोजी र उद्धार कार्यबढाउन र बाँचेकाहरूलाई सुरक्षित र पूर्वानुमानयोग्य अवतरणको प्रत्याभूति दिन आग्रह गरेको छ।”

विज्ञप्तिमा भनिएको छ, “भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा ७४३ जनाको मृत्यु भएको छ । यो घातक मार्गमा बढ्दो खतरनाक मानव तस्करी अभ्यास, सीमित उद्धार क्षमता र मानवीय परिचालनमा बढ्दो प्रतिबन्धले बढ्दो समस्यालाई उजागर गरेको छ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार जुन १५ सम्ममा इटालियाली तटमा आप्रवासीको अवतरण वर्षेनी १५ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५१ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको