ट्रम्पलाई नसा सम्बन्धी समस्या « Khabarhub

ट्रम्पलाई नसा सम्बन्धी समस्या


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ। खुट्टा सुनिन थालेपछि परीक्षण गराएका उनको रगतको नसामा समस्या देखिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी हुन्।

ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै लेभिटले यसको जानकारी दिएका हुन्। अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।

यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो। यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।

पाको उमेरमा यो एकदमै समस्या भए पनि यसले मुटुको समस्या समेत निम्तन सक्ने डा. बर्नाड असबाईले बताएका छन्। बढी तौल भएका तथा शारीरिक रूपमा धेरै सक्रिय नरहने व्यक्तिलाई पनि यो समस्या देखापर्न सक्ने चिकित्सकले बताएका छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ४४ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने