संघीय सञ्चित कोष दुई खर्ब घाटामा « Khabarhub

संघीय सञ्चित कोष दुई खर्ब घाटामा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा पुगेको छ । अर्थ मन्त्रालयकाअनुसार गत आर्थिक वर्षको साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब ९५ करोड ७३ लाख ४२ हजार ७३० रुपैयाँ घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सुरु अर्थात् साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख ४१ हजार २१ रुपैयाँ घाटामा रहेको कोष गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २० अर्ब बढीले घटेको हो । 

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड एक लाख ४३ हजार चार सय पाँच रुपैयाँ राजस्व संकलन गरेको थियो । 

त्यस्तै, सो अवधिमा सरकारले २३ अर्ब ५२ करोड ८६ लाख ८८ हजार २४४ रुपैयाँ अनुदान र वित्तीय व्यवस्थामार्फत चार खर्ब ६६ अर्ब २७ करोड ३१ लाख ५१ हजार ११९ रुपैयाँ प्राप्ति गरेको थियो ।

चालु खर्च, पुँजीगत र वित्तीय व्यवस्था खर्चबापत सो आर्थिक वर्षमा १५ खर्ब २३ अर्ब १४ करोड ६८ लाख ८७ हजार ७६४ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ४५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम