संघीय सञ्चित कोष दुई खर्ब घाटामा « Khabarhub

संघीय सञ्चित कोष दुई खर्ब घाटामा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा पुगेको छ । अर्थ मन्त्रालयकाअनुसार गत आर्थिक वर्षको साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब ९५ करोड ७३ लाख ४२ हजार ७३० रुपैयाँ घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सुरु अर्थात् साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख ४१ हजार २१ रुपैयाँ घाटामा रहेको कोष गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २० अर्ब बढीले घटेको हो । 

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड एक लाख ४३ हजार चार सय पाँच रुपैयाँ राजस्व संकलन गरेको थियो । 

त्यस्तै, सो अवधिमा सरकारले २३ अर्ब ५२ करोड ८६ लाख ८८ हजार २४४ रुपैयाँ अनुदान र वित्तीय व्यवस्थामार्फत चार खर्ब ६६ अर्ब २७ करोड ३१ लाख ५१ हजार ११९ रुपैयाँ प्राप्ति गरेको थियो ।

चालु खर्च, पुँजीगत र वित्तीय व्यवस्था खर्चबापत सो आर्थिक वर्षमा १५ खर्ब २३ अर्ब १४ करोड ६८ लाख ८७ हजार ७६४ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ४५ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि