ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने « Khabarhub

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।

यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिनेछ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई यो सम्मान दिने गरेको छ ।

यस वर्ष विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङलाई उनीहरूको योगदानका लागि प्रदान गर्न लागिएको हो।

शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा आवाज उठाउँदै आएका छन् ।

त्यसैगरी, कुलमान नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् । जसलाई नेपालमा लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ।

उनकै नेतृत्वमा नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो। घिसिङको यो योगदानले नेपालीको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।

न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोरासहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति हुने अपेक्षा छ।

ग्लोबल नेपालीले नेपालका प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई कदर गर्दै आएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : १० बजे

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने