लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त « Khabarhub

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् । 

प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाही २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका थिए । उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ । सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए ।

प्रहरीका अनुसार, शाहीले फरार रहँदा नै लागूऔषधको ठूलो सञ्जाल चलाइरहेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए । 

‘उनीहरूको साथबाट प्रहरीले एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक बरामद गरेको छ,’ उनले भने,‘घरेलु हतियारहरू उनीहरूले आफ्नो सुरक्षामा प्रयोग गर्ने र पेस्तोल अरूलाई धम्क्याउन प्रयोग गर्ने गरेका थिए ।’

उनीहरू हतियारका साथै, १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम जस्ता लागूऔषध र प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद भएको प्रहरी प्रमुख शाहीले बताए । 

पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बरामद गरिएका सामाग्रीहरू :

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ३७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर