चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान « Khabarhub

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ । 

सन् २०२० मा ३९.१ ट्रिलियन युआन रहेको खुद्रा बिक्री सन् २०२४ मा बढेर ४८.३ ट्रिलियन युआन पुगेको छ । यो दरले वृद्धि भइरहेमा सन् २०२५ सम्म खुद्रा बिक्रीको कुल रकम ५० ट्रिलियन युआन (सात ट्रिलियन अमेरिकी डलर) नाघ्ने अपेक्षा गरिएको छ ।

मन्त्री वाङका अनुसार, चिनियाँ बजारमा आन्तरिक माग लगातार विस्तार भइरहेको छ, जसको मुख्य कारण उपभोक्ताको बढ्दो  उपभोग प्रवृत्तिमा आएको सकारात्मक परिवर्तन हो । चीनको घरेलु बजार विश्वकै एक प्रमुख उपभोक्ता बजारका रूपमा स्थापित हुँदै गएको छ ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार,  चीनको उपभोक्ता सामग्री खुद्रा बिक्रीले सन् २०२४ मा अमेरिकालाई समेत उछिनेको छ । रिपोर्टअनुसार, चीनको खुद्रा बिक्रीको परिमाण अमेरिका भन्दा करिब १.६ गुणा धेरै थियो, जसले चीनको आन्तरिक बजारको विशालता र प्रभावशाली आर्थिक वृद्धिलाई पुष्टि गर्छ ।

चीन सरकारले उपभोग बढाउने नीतिहरू अगाडि बढाइरहेको छ, जसले दीर्घकालीन आर्थिक स्थायित्वमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ४० बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको