एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव « Khabarhub

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश गरिएको छ । 

पार्टी कार्यालय च्यासलमा शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

संशोधित विधानमा १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ भने केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने गौतमले बताए ।

त्यस्तै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । विधान संशोधन प्रस्तावमाथि किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए  ।

त्यस्तै बैठकमा सदस्यहरूले उमेर हद र कार्यकाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय हुने निर्णय लगायतका विषयमा धारणा राखेको उनले बताए ।  

पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका विषयमा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका थिए । 

पूर्व राष्ट्रपति भण्डारीका विषयमा ओलीले देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय भएकाले यसमा पार्टीले उचित निर्णय गर्ने समेत बताएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । पोलिटब्युरो बैठक शनिबार बिहान ११ बजे पुन बस्ने उनले बताए । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ४८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित