साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ | Khabarhub Khabarhub

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत १५ गते भएको घटनामा हाल जेल जीवन बिताइरहेका दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंमा दायर भएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो। 

एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले साइबर अपराधमा मुद्दा दायर गरेकी थिइन्। असार ३२ गतेको उक्त फैसलाअनुसार प्रसाईंसँगै पत्रकारहरू प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले पनि सफाइ पाएका छन्। 

साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। असोज १५ गतेको थुनछेक बहसमा अदालतले प्रसाईंलाई धरौटीमा पठाएको थियो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनाउन मुख्य योजनाकारका भएको आरोपमा प्रसाईं अहिले जेल जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ०८ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले