टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित | Khabarhub Khabarhub

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ रन बनाएको हो।नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए।अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेल ३१ बलमा ३३ रन बनाएर आउट भए ।

नेपालका भीम सार्की दुई बल खेल्दा एलबीडब्लु धरापमा परे भने दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोडे।कुशल मल्लले ११ बलको सामना गरेर मात्र ११ रन बनाए भने गुल्सन झाले तीन बलमा २ रन बनाएर आउट भए।नेपालका लागि आरिफ शेख भने ९ बलमा आठ रन बनाएर नटआउट रहे। मेलबर्नका लागि अस्टिन एनलेजार्क र डग वारेनले दुईदुई विकेट हात पारे।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।नेपालविरुद्ध मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाएका थिए।थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडेका थिए।नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे।

नेपालले सिरिजमा योसँगै तीन खेल गुमाएको हो।पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १० : ३५ बजे

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला