तरूणको महाधिवेशन तालिका निर्धारण, भदौ १५ भित्र सदस्यता वितरण गरिसक्नुपर्ने « Khabarhub

तरूणको महाधिवेशन तालिका निर्धारण, भदौ १५ भित्र सदस्यता वितरण गरिसक्नुपर्ने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पाँचौँ महाधिवेशनका लागि कार्यतालिका निर्धारण गरेको छ । 

आगामी मंसिर २६– २८ का लागि तय भएको महाधिवेशनका लागि तरूण दलले मातहतका कार्यसमितिले सम्पादन गर्नुपर्ने कार्यतालिका निर्धारण गरेको हो । 

अध्यक्ष विद्वान गुरूङले जिल्ला कार्यसमितिहरूलाई पठाएको परिपत्रमा भदौ १५ गतेभित्र पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने कार्यतालिका तय गरिएको परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार आगामी कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । 

जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : २३ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र