‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न « Khabarhub

‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनको समुद्घाटन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल युगमा युवा नै परिवर्तनका मुख्य शक्ति भएको र विश्वभर छरिएर रहेका नेपाली युवालाई एकै डिजिटल प्लेटफर्ममा जोड्नु ऐतिहासिक कार्य  रहेको बताएका छन् । 

प्रविधि र नवप्रवर्तनमार्फत नेपालको समृद्धि हासिल गर्ने अभियानमा युवाको योगदान निर्णायक हुने र त्यसको लागि सरकारले पनि पहलकदमी लिने अठोट व्यक्त गरेका छन् ।

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवालाई प्रविधिमा सक्षम बनाउन सरकारले नीतिगत तथा संरचनागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले नेपालको डिजिटल रूपान्तरणलाई सफल बनाउन युवा पुस्ताको सक्रियता अत्यावश्यक भएको र यस अभियानलाई समर्थन र सफल बनाउन सरकारले आवश्यक कानुनी,नीतिगत र पूर्वाधारगत पहल गर्ने कुरामा जोड दिएका छन् ।

एक करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको सम्मेलनमा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी लगायतका प्रतिष्ठित वक्ताहरूले आफ्नो भनाइ तथा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे गहन छलफल भएको थियो। साथै, विश्वभर रहेका नेपाली युवाले प्रविधि र नवप्रवर्तनमा आधारित आफ्ना सफलताका कथाहरू पनि प्रस्तुत गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष  क्षितिज थेवेले यो सम्मेलन केवल भर्चुअल कार्यक्रम मात्र नभएर यो विश्वव्यापी युवाको साझा आन्दोलन भएको र यसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउने मा जोड दिएका थिए । 

राष्ट्रिय युवा संघ नेपालले युवा पुस्तालाई प्रोत्साहन र ऊर्जा प्रदान गर्ने उद्देश्यले आफ्नो क्यालेन्डर नै बनाएर विभिन्न उद्यमशीलतामा युवाहरूलाई समाहित र सहभागिता गराउँदै  लैजाने पनि अध्यक्ष थेबेले बताएका छन् । 

युवा संघले गत वर्ष पनि अन्तर्राष्ट्रिय एआई कन्फ्रेन्स भव्य कार्यक्रमबीच सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ४१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी