अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा  पहिरो खसेको थियो । 

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । 

राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ०५ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५