इजरायलको आर्थिक वृद्धिदर घट्दै « Khabarhub

इजरायलको आर्थिक वृद्धिदर घट्दै


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक दरमा ३.५ प्रतिशतले घटेको छ ।

व्यवसाय क्षेत्र सबैभन्दा प्रभावित भएको देखिएको छ, जसले दोस्रो त्रैमासिकमा ६.२ प्रतिशतले गिरावट भोग्यो । पहिलो त्रैमासिकमा यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि भएको थियो ।

निजी उपभोग खर्च लगातार दोस्रो त्रैमासिकमा पनि ४.१ प्रतिशतले घटेको छ भने भवन र उपकरणजस्ता स्थायी सम्पत्तिमा गरिएको लगानीमा १२.३ प्रतिशतको तीव्र गिरावट आएको छ ।

ब्युरोका अनुसार, जुन महिनामा इजरायल र इरानबीच भएको १२ दिन लामो युद्धले देशको आर्थिक गतिविधिमा गम्भीर अवरोध पुर्‍याएको थियो ।

यसअघि पहिलो त्रैमासिकमा इजरायलको जीडीपी वार्षिक ३.४ प्रतिशतले वृद्धि भएको थियो । तर जुलाईमा इजरायली केन्द्रीय बैङ्कले २०२५ का लागि आफ्नो जीडीपी वृद्धि पूर्वानुमान ३.५ प्रतिशतबाट घटाएर ३.३ प्रतिशतमा ल्याएको थियो ।

-रासस

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ४२ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि धमाधम काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा