डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु  « Khabarhub

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ । 

अझै २ महिना डेंगु संक्रमणको जोखिम रहेकाले सतर्कता अपनाउन चिकित्सक सुझाउँछन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ५४ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ