काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद समिति’ गठन गरेको छ । विवेकशील साझाले ०८४ मा हुने निर्वाचनलाई लक्षित गरेर उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा समिति गठन गरेको हो ।
पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् ।

समान विचार भएका व्यक्ति, समूह, अभियान, संस्था र दलहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न समिति गठन गरिएको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले वृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखेर ‘मिशन ८४’ लाई सफल बनाउन संवाद समिति गठनको निर्णय गरेको थियो ।
प्रतिक्रिया