कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय « Khabarhub

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । 

कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो ।

आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले प्रदेश सरकारले अपेक्षाअनुसार राजस्व संकलन गर्न नसकेको परिस्थितिमा सुधार ल्याउन यो कार्यालय स्थापना गरिएको बताए।

‘जनतामा करको बोझ नपर्नेगरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको हो,’ उनले भने।

मन्त्री रानाका अनुसार कुन–कुन क्षेत्रबाट राजस्व संकलन हुन सकेको छैन भन्ने पहिचान गरी अब कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण हुने बताए। उनले प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनमा जोड दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताए ।

समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, सशस्त्र प्रहरी बल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ४७ बजे

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज