स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर | Khabarhub Khabarhub

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ आफ्ना गतिविधि बढाइरहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा गरेका विभिन्न स्थानीय तहसँग अनुभव आदानप्रदान गर्ने कार्यलाई अघि बढाएको छ ।

भ्रमण वर्ष घोषणापश्चात् गरिएका प्रायसँगै गरिएका असल अभ्यास एवम् पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने उद्देश्यका साथ अनुभव आदानप्रदान गर्ने कार्य बढाइएको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए । अनुभव आदानप्रदानकै क्रममा भ्रमण वर्ष घोषणासहित अघि बढिरहेको गोरखा नगरपालिकामा सरोकारवाला पदाधिकारी एवम् प्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ ।

गोरखा आफैँमा एउटा ऐतिहासिक स्थल भएको उल्लेख गर्दै संयोजक भट्टराईले पोखराबाट नजिक रहेको यस गन्तव्यसँग एकापसमा पर्यटकीय साझेदारी बढाउँदै अघि बढ्न सकिने बताए। गोरखाले पनि भ्रमण वर्ष घोषणा गरी अघि बढिरहेको र पोखरा पनि भ्रमण वर्ष घोषणासहित विभिन्न गतिविधि बढाइरहेको उल्लेख गर्दै उनले एकापसमा गरिने समन्वय र सहकार्यबाट पनि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राखे ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले गोरखा नेपालको एउटा महत्त्वपूर्ण ऐतिहासिक स्थान भएको र यहाँबाट नै विशाल नेपालको एकीकरण सुरुआत भएको बताए। 

भौगोलिक विविधतासँगै धेरै धार्मिक एवम् ऐतिहासिक स्थल गोरखामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ आउन प्रेरित गर्नका भ्रमण वर्ष घोषणा गरिएको बताए। भ्रमण वर्ष घोषणासँगै विभिन्न कार्यक्रम तय गर्दै चरणबद्ध रूपमा आफूहरूअघि बढिरहेको उनले जानकारी दिए । छिमेकी मूलक भारतसँग पर्यटकीय सम्बन्ध बिस्तार गर्नका लागि गोरखादेखि गोरखपुरसम्म खिचडी पदयात्रा जस्ता कार्यक्रम अघि बढाउन खोजिएको प्रमुख मगरको भनाइ छ ।

महिला उद्यमी रामकली खड्काले गोरखा विभिन्न कच्चा सामग्री पाइने ठाउँ भएको उल्लेख गर्दै यसलाई पर्यटन एवम् उद्यमशीलतासँग जोड्नु आवश्यक भएको बताइन्। चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष रामशरण श्रेष्ठले पोखरा आफैँमा सुन्दर गन्तव्य भएकाले यहाँ बसपार्कलगायत पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइन् ।

गोरखा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले गोरखाका पर्यटकीय उपयोगलाई प्रभावकारी बनाउनुपर्ने बताए। गोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भवानी मास्केले पोखरा आफैँमा सुन्दर गन्तव्य भएको बताउँदै सुन्दरताको संरक्षणसँगै फेवातालको बढ्दो अतिक्रमण जोगाउनुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महसङ्घ गोरखाका पूर्व अध्यक्ष कैलाशबाबु श्रेष्ठले पोखराका पर्यटकीय गन्तव्यमा सार्वजनिक यातायातको सहज पहुँच हुनु जरुरी भएको बताए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस क्षेत्रको पर्यटकीय विकासका लागि स्थानीय तहबीच भाइचारा सम्बन्ध हुनु जरुरी भएको धारणा राखे।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले भ्रमण वर्ष घोषणा गरिएका स्थानीय तहमा भइरहेका असल अभ्यासबारे जानकारी लिनका लागि यस किसिमका कार्यक्रमलाई महानगरले बढाएको बताए। पोखरा स्थानीय सबै पालिकासँग सहकार्य गर्दै अघि बढ्न लागेको बताउँदै उनले सबैको सामूहिक प्रयासमा महत्त्वपूर्ण उपलब्धिहरू पनि हासिल हुने बताए।

भ्रमण वर्ष घोषणासँगै विभिन्न छुटका प्याकेज घोषणा गर्दै महानगर अघि बढिरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिए । पोखरामा अर्बौं रुपैयाँका पूर्वाधार निर्माणको क्रमसमेत बढिरहेको उनले बताए। महानगरले हेलमेट डाँडाको पर्यटकीय उपयोगसँगै लेक टू लेक कनेक्टिभिटी, बेगानास तालमा वाटर स्पोर्ट, नयाँबजारमा कोसेली घर निर्माण जस्ता धेरै कामहरू अघि बढाउन खोजिएको प्रवक्ता तिमल्सिनाको भनाइ छ । 

पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) का पूर्व अध्यक्ष कमला गिरीले गोरखा पर्यटकीय रूपमा धेरै सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्दै सोको पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताए । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ५० बजे

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी