मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने « Khabarhub

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

पावरले जारी पूँजीको २० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयरको आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीकले शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा पावरको तर्फबाट अध्यक्ष सतिश न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल २८.३०४ मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभरमा आधारित छ । उक्त आयोजना दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा छ । कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपी पावर कम्पनी लिमिटेड छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ४५ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र