बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने  « Khabarhub

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ। सन् २०१२ मा रिलिज भएको ‘ककटेल’ फिल्मले रोमान्स, कमेडी र संगीतको उत्कृष्ट मिश्रण प्रस्तुत गर्दै बक्स अफिसमा ठूलो सफलता पाएको थियो।

 पिङ्कभिल्लाका अनुसार यस फिल्मका, निर्माता दिनेश विजानले निर्देशक होमी अदजानियासँग मिलेर फिल्मको सिक्वेल ‘ककटेल २’ निर्माण गर्ने योजना बनाएका छन्।

फिल्म  ककटेल ९२०१२० मा सैफ अली खान, दीपिका पादुकोण र डायना पेन्टिले मुख्य भूमिका निर्वाह गरेका थिए, र फिल्मका गीत तथा कथाले दर्शकको मन जितेका थिए।

‘ककटेल’ फिल्मको सिक्वेलमा अभिनेता शाहिद कपूर र अभिनेत्री कृति सेनन मुख्य भूमिकामा रहनेछन् भने अर्को अभिनेत्री रश्मिका मन्दाना समानान्तर मुख्य भूमिकामा सामेल हुँदै त्रयीलाई पूरा गर्नेछिन्।

फिल्मको शुटिङ भारत र युरोपका रमणीय स्थानहरूमा हुने योजना छ, र जनवरी २०२६ भित्र फिल्मको काम सम्पन्न गर्ने लक्ष्य निर्माण टिमले राखेको छ।

यस फिल्मको सिक्वेल पनि निर्देशक होमी अदजानिया द्वारा निर्देशन हुनेछन्। सिक्वेलले मूल फिल्मको जादूलाई कायम राख्दै नयाँ कथानक, आकर्षक कलाकार र रमाइलो दृश्यमार्फत दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ।

यसरी, ‘ककटेल २’ ले रोमान्टिक कमेडी प्रेमी फ्यानहरूका लागि फेरि मनोरञ्जनको नयाँ अनुभव दिने तयारी गरेको छ। फिल्मको निर्माण र रिलिजले २०१२ को क्लासिक फिल्मलाई स्मरण गराउने मात्र होइन, नयाँ पुस्ताका दर्शकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ५२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ