नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा « Khabarhub

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । 

डब्ल्यूएचओले आज विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले निकालेको विज्ञप्तिमा नेपालले प्राप्त गरेको सफलताले शिशुहरूका लागि स्वस्थ जीवनको शुरुआत र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उल्लेख छ ।

विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमसमुदायको चासो र सहयोगको परिणाम यो उपलब्धि प्राप्त भएको उल्लेख छ । 

नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ देश बनेको छ । दादुराजस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो । यस रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । 

यसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरू देखिने डब्ल्यूएचओले जनाएको छ । 

रुबेलालाई खोपबाट रोकथाम गर्न सकिन्छ । नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । 

सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : १३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक