परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ « Khabarhub

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी निरन्तर पहल गरिरहेको बताएकी छिन्।

सोमबार एक वक्तव्य जारी गर्दै उनले परराष्ट्र मन्त्रालयले इजरायल सरकारको सहकार्यमा जोशीको परिवारलाई समेत विपिनको रिहाइमा दबाब बढाउन सक्रिय रुपमा संलग्न गराएको प्रष्ट पारेकी छन्।

उनका आमा आमा पद्मा र बहिनी पुष्पा हाल इजरायलमा रहेर उनको रिहाइका लागि उच्च तहका नेताहरुसँग भेटघाट र अपिल गरिरहेको उनले जानकारी दिइन्।

देउवाले आफू परराष्ट्रमन्त्री बनेदेखि नै यो मुद्दालाई प्राथमिकतामा राखेको बताउँदै संयुक्त राष्ट्रसंघीय महासभा, द्विपक्षीय र बहुपक्षीय बैठक, शिष्टाचार भेट र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निरन्तर जोशीको रिहाइबारे आवाज उठाएको स्मरण गरिन्।

उनले न्यूयोर्कमा भएको राष्ट्रसंघको ७९ औँ महासभादेखि लिएर दोहामा आयोजित एसिडी सम्मेलनसम्म विश्व नेताहरूलाई विपिनको रिहाइमा पहल गर्न आग्रह गरेको बताइन्।

उनले इजरायल–हमास युद्धविरामपश्चात कतार, इजरायल र इजिप्टका उच्च तहका मन्त्रीहरुसँग प्रत्यक्ष र फोनमार्फत छलफल गरेको, कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग समेत विशेष आग्रह गरेको उल्लेख गरिन्।

त्यस्तै, इजरायलका विदेशमन्त्री गिडियन सार र इजिप्टका विदेशमन्त्री बदर अब्देल–अतिसँग समेत निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।

यस्तै, अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारी रिकी गिलसँग नयाँ दिल्लीमा भेट गर्दै अमेरिकाको सहयोग मागेको र राइसिना डायलगका क्रममा अन्य मुलुकका नेताहरूसँग पनि आग्रह गरेको देउवाले बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग फोनमार्फत ध्यानाकर्षण गराएको उनले स्मरण गरिन्।

‘नेपाल सरकारले यो मुद्दालाई पूर्ण प्राथमिकतामा राखेको छ। हामी निरन्तर कूटनीतिक प्रयास गरिरहेका छौँ। सरकार जोशी परिवारसँग छ, र परिवारलाई हामीले गरिरहेका सबै पहलबारे जानकारी पनि दिइरहेका छौँ,’ मन्त्री देउवाले वक्तव्यमा भनेकी छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ५५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको