वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने  « Khabarhub

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको महान् पर्व तीजलाई भव्य सांस्कृतिक महोत्सव कार्यक्रम गरेर मनाउने भएको छ । 

शाखाले स्थानीय वडा पालिकाहरूसँग समन्वय गरेर भदौ १० गते तीजको दिन उक्त कार्यक्रम गर्न लागेको उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष रितबहादुर खड्काले बताए ।

मैनापोखरी बजारमा हुने सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन लोकदोहोरी क्षेत्रका चर्चित कलाकार सानु केसी, सोविता ढुंगाना, उषा गजुरेल, मोहन तामाङ लगायतको प्रस्तुति रहने छ ।

कार्यक्रमलाई बैतेश्वर गाउँपालिका वडानम्बर -४ काब्रे, ५ मैनापोखरी र वडा नम्बर-८ क्षेत्रपाको आर्थिक सहयोग रहने अध्यक्ष खड्काले बताए । 

मैनापोखरीको सुस्ताउँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउने र हराउँदै गएको तिजको विषेशतालाई जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिए संघका कोषाध्यक्ष अर्जुन नेपालीले बताए । 

कोषाध्यक्ष नेपालीले भदौ १० गतेको तीज विशेष सांस्कृतिक महोत्सवमा वैतेश्वर तथा छिमेकी पालिकाका महिलाहरूलाई उपस्थित भइदिन निमन्त्रणा समेत गरेका छन् । 

कार्यक्रमको उद्घाटन वैतेश्वर गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मैनापोखरीमा गरिने छ ।  सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ४७ बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा