वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने  « Khabarhub

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको महान् पर्व तीजलाई भव्य सांस्कृतिक महोत्सव कार्यक्रम गरेर मनाउने भएको छ । 

शाखाले स्थानीय वडा पालिकाहरूसँग समन्वय गरेर भदौ १० गते तीजको दिन उक्त कार्यक्रम गर्न लागेको उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष रितबहादुर खड्काले बताए ।

मैनापोखरी बजारमा हुने सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन लोकदोहोरी क्षेत्रका चर्चित कलाकार सानु केसी, सोविता ढुंगाना, उषा गजुरेल, मोहन तामाङ लगायतको प्रस्तुति रहने छ ।

कार्यक्रमलाई बैतेश्वर गाउँपालिका वडानम्बर -४ काब्रे, ५ मैनापोखरी र वडा नम्बर-८ क्षेत्रपाको आर्थिक सहयोग रहने अध्यक्ष खड्काले बताए । 

मैनापोखरीको सुस्ताउँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउने र हराउँदै गएको तिजको विषेशतालाई जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिए संघका कोषाध्यक्ष अर्जुन नेपालीले बताए । 

कोषाध्यक्ष नेपालीले भदौ १० गतेको तीज विशेष सांस्कृतिक महोत्सवमा वैतेश्वर तथा छिमेकी पालिकाका महिलाहरूलाई उपस्थित भइदिन निमन्त्रणा समेत गरेका छन् । 

कार्यक्रमको उद्घाटन वैतेश्वर गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मैनापोखरीमा गरिने छ ।  सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ४७ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने