एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो « Khabarhub

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक यूएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उक्रिएको यूएई १७.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले अर्धशतक बनाए । ३६ बलको सामना गरेका उनले ५० रन जोडेका हुन् । कप्तान सलमान अली आगाले २० रन जोडेको खेलमा शाहिन अफ्रिदीले अन्तिमसमयमा आक्रामक ब्याटिङ गर्दै १४ बलमा २१ रन हिर्काए । उनले बलिङदर्फसमेत दुई विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने । सुरुमा राम्रो खेलेको यूएईले अन्तिम सात विकेट मात्र २० रन जोडेर गुमाउँदा खेल गुमाएको हो ।

समूह ‘ए’मा रहेको पाकिस्तान चार अंक जोड्दै सुपर फोरमा पुगेको हो । यो समूहबाट एक खेल अगाडि नै भारत सुपर फोरमा पुगिसकेको छ । यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ । समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ ।

समूह ‘बी’को भने सुपर फोरको टुंगो लागिसकेको छैन । श्रीलंका र अफगानिस्तानको खेलपछि मात्र सुपर फोरमा जाने टिमको टुंगो लाग्नेछ । अहिलेको तालिका अनुसार श्रीलंका र बंगलादेशको समान चारचार अंक छ । अफगानिस्तान भने दुई अंकसहित तेस्रो स्थानमा छ । श्रीलंकासँगको खेलमा अफगानिस्तानले जित निकाले रनरेटका आधारमा कुन टिम सुपर फोरमा पुग्ने भन्ने निर्णय हुनेछ । अफगानिस्तान पराजित भएमा श्रीलंका र बंगलादेश सुपर फोरमा पुग्नेछन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको