एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो « Khabarhub

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक यूएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उक्रिएको यूएई १७.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले अर्धशतक बनाए । ३६ बलको सामना गरेका उनले ५० रन जोडेका हुन् । कप्तान सलमान अली आगाले २० रन जोडेको खेलमा शाहिन अफ्रिदीले अन्तिमसमयमा आक्रामक ब्याटिङ गर्दै १४ बलमा २१ रन हिर्काए । उनले बलिङदर्फसमेत दुई विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने । सुरुमा राम्रो खेलेको यूएईले अन्तिम सात विकेट मात्र २० रन जोडेर गुमाउँदा खेल गुमाएको हो ।

समूह ‘ए’मा रहेको पाकिस्तान चार अंक जोड्दै सुपर फोरमा पुगेको हो । यो समूहबाट एक खेल अगाडि नै भारत सुपर फोरमा पुगिसकेको छ । यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ । समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ ।

समूह ‘बी’को भने सुपर फोरको टुंगो लागिसकेको छैन । श्रीलंका र अफगानिस्तानको खेलपछि मात्र सुपर फोरमा जाने टिमको टुंगो लाग्नेछ । अहिलेको तालिका अनुसार श्रीलंका र बंगलादेशको समान चारचार अंक छ । अफगानिस्तान भने दुई अंकसहित तेस्रो स्थानमा छ । श्रीलंकासँगको खेलमा अफगानिस्तानले जित निकाले रनरेटका आधारमा कुन टिम सुपर फोरमा पुग्ने भन्ने निर्णय हुनेछ । अफगानिस्तान पराजित भएमा श्रीलंका र बंगलादेश सुपर फोरमा पुग्नेछन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ५ : ४० बजे

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले