सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी « Khabarhub

सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । 

जेन-जी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्‍याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । 

‘आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ’, मन्त्रालयका सूचना अधिकारी बासुदेव दाहालले भने, ‘सोहीअनुसार कार्यालय व्यवस्थापनका लागि मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ, एक/दुई दिनमै कार्यालय व्यवस्थापन गरी सेवाप्रवाह गर्छाैँ ।’

आन्दोलनकारीले नवनिर्मित सो भवनमासमेत तोडफोड गरेकाले मर्मत गरी कार्यालय व्यवस्थापन गरिने जनाइएको छ । आगजनीबाट जोगिएका मन्त्रालयको केही फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।  

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो । 

आगजनीबाट प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा अन्तर्गतका कार्यालयमा साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । 

उनका अनुसार प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा पनि क्षति पुर्‍याएका छन् ।

त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्रे सवारी तथा ३५ वटा मोटरसाइकल गरी ४० वटा सवारी साधन जलाइएका छन् ।  रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : २२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा