चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव « Khabarhub

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको सङ्ख्या तुलनात्मक रुपमा धेरै रहेको अस्पतालले जनाएको छ । सिएमसीका कलेजो विभागका प्राडा दयाराम लम्साल करिब तीन दशकको आकस्मिक कक्षको आफ्नो अनुभवलाई मूल्याङ्कन गर्दै चाडपर्वमा खानपानमा सावधानी नअपनाएकै कारण धेरै मानिस अस्पताल आउन बाध्य हुनु परेको बताउँछन् ।

बडादसैँ पर्वका अवसरमा दुर्घटनाका घाइते, मुटु रोग, पक्षघात (स्ट्रोक), विषाक्त खाना, हड्डी अड्किने जस्ता समस्याबाट पीडित व्यक्ति अस्पताल आउने गरेको उनको भनाइ छ । डा लम्सालका अनुसार पकाउँदै गर्दा जलेर, जङ्गली च्याउ खाएर, घरको छतबाट लडेर, दीर्घरोगीले नियमित औषधि नखाइदिएर, करेन्ट लागेर, अनिन्द्रा बसेर समस्या निम्त्याउनेहरूको सङ्ख्या पनि अस्पतालमा उल्लेख्य देखिन्छ । चाडपर्वको समयमा हुने यस्ता समस्यामा अधिक मादक पदार्थ सेवन मुख्य कारण हुने गरेको उनको भनाइ छ ।

प्राडा लम्सालले भने, “चाडपर्वमा मादक पदार्थ अधिक सेवन गरेर सवारी चलाउँदा धेरै दुर्घटना हुने र आपसी झैझगडाका क्रममा घाइते भई अस्पताल आउने विरामी पनि त्यत्तिकै देखिन्छ ।” उनले ट्राफिकलाई छल्न नभई आफ्नै सुरक्षाका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ख्यालख्यालमै झैझगडा गरी अङ्गभङ्ग हुने अवस्थामा नपुग्न सुझाव दिए । खानपान र खेलमा व्यस्त हुँदा नियमित औषधि छुटाउँदा दीर्घरोगीहरुमा समस्या हुने गरेको उनले बताउनुभयो ।

चिल्लो, मासुजन्य पदार्थ, धुमपान र मादक पदार्थ बढी सेवन गर्दा हृदयघात र स्ट्रोक हुन सक्ने भन्दै उनले यस्ता कुरामा सावधानी अपनाउन आग्रह गरे । उनले खराब खानपानसँगै राति अबेरसम्म बसेर निन्द्रा नपुग्दा पनि जोखिम बढ्न सक्ने बताए । हृदयघात र पक्षघात भएका बिरामीलाई समयमा अस्पताल पु¥याउन सक्यो भने बचाउन सकिने उल्लेख गर्दै प्राडा लम्सालले भने, “हृदयघात भएको एक घण्टाभित्र र पक्षघात भएको तीन घण्टाभित्र अस्पताल पु¥याउन सकियो भने बिरामीलाई बचाउन सक्ने सम्भावना धेरै हुन्छ ।”

यसैका लागि अस्पतालले चाडपर्वका समयमा पनि तयारी अवस्थामा विशेषज्ञ चिकित्सकहरुलाई राखेको उनले जानकारी दिए । चितवन मेडिकल कलेजले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्दसहित आफ्नै मापदण्ड बनाएर न्यूरो, मुटु, रेडियोलोजीको टिम तयारी अवस्थामा राखेको जनाएको छ । आकस्मिक उपचारमा ‘डिएम’ गरेका डा रविन बम पक्षघातको सङ्केत देखिएका बिरामीले अस्पताल आउन ढिलो गर्न नहुने बताउँछन् । उनले भने, “शरीरको कुनै भाग चलेन, जिब्रो लाटो भयो, मुख बाङ्गो भयो, हात खुट्टा चलेन भने जतिसक्दो छिटो अस्पताल आउनु पर्छ ।”

आज चाडपर्व छ भोलि अस्पताल जाउँला भनेर बस्न नहुने उनको भनाइ छ । धेरै चिल्लो मासु खाएको छु भनेर कडा व्यायाम नगर्न सुझाव दिँदै डा बलमे भने, “शरीरले धान्न सक्ने मात्रै व्यायाम गर्नुपर्छ, अति गरे खति हुन्छ, व्यायम गर्दा पनि सावधानी अपनाउनुहोस् ।” यसैगरी, उनले हृदयघातका जोखिम चाडपर्वमा बढी हुन सक्ने भन्दै छाती दुख्ने, भारी हुने श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिए तुरुन्त अस्पताल पुगी सुरक्षित हुन सबैसँग अनुरोध गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ५ : २५ बजे

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार

यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ?

काठमाडौँ–  भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल