प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता « Khabarhub

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए ।

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ५३ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८