फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ? « Khabarhub

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताको आन्दोलनको बलमा नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी नै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन नै गर्ने गरी म्यान्डेट लिएर बनेको सरकारसँग अब साढे पाँच महिना मात्रै बाँकी छ । त्यस अवधिभित्र आवश्यक स्रोत साधन बन्दोबस्त गरेर निर्वाचन आयोगले निर्वाचन गर्नुपर्ने हुन्छ ।

भदौ २३ र २४ गतेको आन्दोलनको कारणले देशैभरका हजारौँ सरकारी संरचनामा क्षति पुगेको छ । कतिपय ध्वस्त भएका छन् । सरकार निरन्तरतामा काम गर्न सक्ने अवस्थामा देखिँदैन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउँदा फागुन २१ गते निर्वाचन हुनसक्ने अनुमान गरेको थिएन । त्यसैले चालु आर्थिक वर्षको बजेटमा निर्वाचन र पुनर्निर्माणका लागि छुट्याउन सकिने बजेट छैन ।

अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दा नै निर्वाचन र अत्यावश्यकीय पुनर्निर्माणको लागि टुक्रे आयोजनाको कटौती गरेर झण्डै एक खर्ब स्रोत जुटाउने बताइसकेका छन् । नेताको दबाबले परेका र कार्यान्वयनको सम्भावना कम भएका आयोजना कटौती गरिने उनले बताएका छन् ।

अर्थमन्त्री खनालका अनुसार अन्य आयोजना कटौती गरेर पनि सरकारले निर्वाचनको लागि स्रोतको व्यवस्थापन गर्नेछ । 

कति लाग्छ निर्वाचन खर्च ?

निर्वाचन आयोगले संविधानसभा निर्वाचनपछि ०७४ सालमा गरेको पहिलो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि सात अर्ब ८० करोड १४ लाख ४९ हजार एक सय २१ रुपैयाँ खर्च गरेको थियो । उक्त निर्वाचनमा आयोगले बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग लिएको थियो ।

त्यस्तै, आयोगले ०७९ मंसिरमा गरेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६ अर्ब ५५ करोड ६९ लाख २८ हजार रुपैयाँ खर्च गरेको थियो ।

सरकारले आगामी फागुन २१ गते भने प्रदेश सभाबाहेक प्रतिनिधिसभाको मात्रै निर्वाचन गर्ने घोषणा गरेको छ । जसले गर्दा त्यस निर्वाचनमा विगतका निर्वाचनका तुलनामा केही खर्च कम हुनसक्ने अनुमान गर्न सकिन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले पनि प्रदेश सभाको निर्वाचन नगरी प्रतिनिधिसभाको मात्रै निर्वाचन गर्दा कूल खर्चको तुलनामा केही कम खर्च कम हुनसक्ने बताउँछन् । तर, मतदाता शिक्षादेखि जनशक्ति परिचालनमा धेरै भिन्नता नहुने हुँदा खर्चमा ठूलो फरक भने नपर्ने उनले बताएका छन् ।

‘प्रतिनिधिसभाको मात्रै निर्वाचन गर्दा खर्च केही त अवश्य पनि घट्छ, तर त्यस्तो धेरै ठूलो भिन्नता भने हुँदैन’, उनले भने, ‘कर्मचारी खटाउनुपर्ने हुन्छ, मतदानस्थल तिनै हुन्छन्, प्रचारप्रसार त्यही नै हुन्छ, मतपेटिका र मतपत्रमा केही कम हुँदा थोरै फरक पर्छ ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ३७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको