अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता जरुरी : गभर्नर « Khabarhub

अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता जरुरी : गभर्नर


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानुनी स्पष्टता जरुरी रहेको बताएका छन् । 

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानुनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानुनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे।

मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या समाधानका लागि पनि कानुनी स्पष्टता जरुरी रहेको उनको भनाइ थियो । ‘कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरूले समाचार लेख्ने क्रममा कानुनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ’, उनले भने । 

आम नागरिकसँग अन्तरक्रिया गर्नका लागि पत्रकारिता महत्त्वपूर्ण माध्यम हुने उल्लेख गर्दै उनले सेजनसँगको सहकार्यका लागि केन्द्रीय बैंक तयार रहेको समेत बताए ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि स्रोतको अभाव नहुने समेत उनले उल्लेख गरे । 

‘पुनः निर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्त्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो’, उनले भने ।

प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि  अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । 

‘प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशील हुन लामो समय लाग्दैन’, गभर्नर पौडेलले भने ।

उनले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको समेत उल्लेख गरे । साथै व्यवसायी जगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : १२ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल