कास्की कारागारबाट भागेका ३४८ जना फर्किए « Khabarhub

कास्की कारागारबाट भागेका ३४८ जना फर्किए


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी–  ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । 

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ । 

प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए। उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । 

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए। टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको उनको भनाइ छ । 

त्यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पर्वत र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए। 

कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।
 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : ४१ बजे

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर