रोकिराखेको ट्रकमा बस ठोकिँदा दुई जनाको मृत्यु, २२ घाइते « Khabarhub

रोकिराखेको ट्रकमा बस ठोकिँदा दुई जनाको मृत्यु, २२ घाइते


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इनरुवा– यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् । 

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

घाइतेहरूको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ४७ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले