‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ? « Khabarhub

‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो। 

अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो। यसबीच, उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो। तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए।

हाल आफ्नो नयाँ फिल्म ‘अजय : द अनटोल्ड स्टोरी’ को प्रमोशनमा व्यस्त रहेका परेश रावलले न्यूज १८  सँगको अन्तर्वार्तामा ‘हेरा फेरी ३’ सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका छन्। अभिनेता परेश रावलका अनुसार, ‘फिल्ममा काम भइरहेको  र अर्को वर्ष फागुन–चैत्र (फेब्रुअरी–मार्च) बीच सुटिङ सुरु हुनेछ।’

फिल्म छाड्दा निर्देशक प्रियदर्शन र अभिनेता अक्षय कुमार दुवै असन्तुष्ट भएको चर्चा चलेको थियो। त्यतिबेला अक्षयले कानुनी कदम चालेको दाबीसमेत गरिएको थियो। तर रावलले सम्बन्धमा कुनै दरार नपरेको प्रष्ट पारे।

 उनले भने, ‘धेरै कुरा भयो तर त्यसले मेरो प्रियदर्शनसँगको सम्बन्ध बिगारेन। बरु त्यो घटनाले हाम्रो सम्बन्ध अझ मजबुत बनाएको छ। अहिले हामीबीच कुरा एकदमै स्पष्ट र पारदर्शी छ।’

जेठ महिनामा अभिनेता परेश रावलले फिल्म छाड्ने घोषणा गरेपछि निर्देशक र सह–कलाकार अचम्ममा परेका थिए। यसले प्रशंसकहरूलाई निराश तुल्याएको थियो। तर अक्षय कुमारले सार्वजनिक कार्यक्रममा समेत रावलप्रति सम्मान व्यक्त गरेका थिए। त्यसयता, रावलले एक पडकास्टमार्फत आफू फेरि फिल्ममा फर्किएको जानकारी दिएका थिए।

‘हेरा फेरी’ फ्रेन्चाइज सन् २००० देखि नै दर्शकको मनमा बसेको सफल कमेडी शृङ्खला हो। अब यसको तेस्रो भागबाट फ्यानहरूको अपेक्षा झन् बढेको छ। सबैको नजर अब सुटिङ सुरु हुने मिति र अन्ततः फिल्मको रिलिजमा टिकेको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५४ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव