भारतमा ‘मस्तिष्क खाने’ ब्रेन इटिङ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी « Khabarhub

भारतमा ‘मस्तिष्क खाने’ ब्रेन इटिङ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ ब्रेन इटिङ अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।

सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताए ।

यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र ७२ सङ्क्रमण रिपोर्ट भएको छ । जसमा सेप्टेम्बरमा मात्रै नौ जनाको मृत्यु र २४ सङ्क्रमित छन् । गत वर्ष ३६ घटनामा नौ जनाको मृत्यु भएको थियो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसी ले यसलाई ‘मस्तिष्क खाने अमिबा’ भन्छ । किनकि यसले मस्तिष्कलाई सङ्क्रमित गरी तन्तु नष्ट गर्न सक्छ । मस्तिष्कमा पुगेमा ९५ प्रतिशतभन्दा बढी ज्यान जाने जोखिम हुन्छ ।

सङ्क्रमण अत्यन्त दुर्लभ भए पनि प्रायः घातक हुन्छ । अमिबा तातो ताल र नदीहरूमा बस्छ र नाकमार्फत प्रवेश गरेर सङ्क्रमण फैलाउँछ । यो व्यक्तिबाट व्यक्तिमा सिधा सर्दैन ।

विश्व स्वास्थ्य सङ्गठनले लक्षणमा टाउको दुखाइ, ज्वरो, बान्ता, मानसिक परिवर्तन, मतिभ्रम र कोमा हुने उल्लेख गरेको छ ।

चिकित्सक अलीले भने, “विगतमा सीमित क्षेत्रहरूमा मात्र देखिन्थे, यस वर्ष राज्यभर नयाँ घटनाहरू देखा परेका छन्, यो चिन्ताको विषय हो ।”

सन् १९६२ देखि संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान र अस्ट्रेलियामा विश्वभर लगभग पाँच सय घटना रिपोर्ट भइसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : ४० बजे

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४