चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई « Khabarhub

चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान अन्तरिम सरकारलाई समर्थन गरिसकेको अवस्थामा ठूला शक्ति राष्ट्र चीन र अमेरिकाका नेपालस्थित राजदूतले बिहीबार एकैदिन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।

गत भदौ २७ गते शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा पनि सहभागी नभएका दुवै देशका राजदूत बिहीबार केही घण्टाको बीचमा सिंहदरबार छिरेर कार्कीलाई बधाई दिएका हुन् ।

बिहीबार दिउँसो सुरूमा चिनियाँ राजदूत  भेट्न पाउँदा ठूलो खुशी लागेको बताएका छन् । ‘उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो’, राजदूत सोङले भनेका छन्, ‘दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ।’

तर भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चिनियाँ प्रधामन्त्री ली छ्याङ र राष्ट्रपति सी चिनफिङले अहिलेसम्म औ‍पचारिक रुपमा बधाई दिएका छैनन् ।

त्यसपछि कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनीहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर‍्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास जनाइन्।

उक्त अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ३७ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ