राजेन्द्र लिङ्देनले भने- जेन-जी आन्दोलनमा दमन गर्नेलाई कडा कारबाही हुनुपर्छ « Khabarhub

राजेन्द्र लिङ्देनले भने- जेन-जी आन्दोलनमा दमन गर्नेलाई कडा कारबाही हुनुपर्छ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेन-जी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही गर्नुपर्ने भन्दै कारबाही नभए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो ।

जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

त्यस्तै असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने धारणा रहेको उनले बताए ।

उनले देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सबै राजनीतिक शक्तिहरूका बीचमा नवीन समझदारी आवश्यक रहेको उल्लेख गरे ।

जेनजी विद्रोहका दमनकारीहरूलाई तत्काल कारबाही गर्नुपर्ने, पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने व्यवस्था, स्थानीय तह गैर दलीय हुनुपर्ने व्यवस्था पक्षमा राप्रपा रहको अध्यक्ष लिङ्देनले बताए ।  

त्यस्तै बैठकले २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गरेको छ भने प्रदेश संरचनाको अविलम्ब खारेजी, प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था, अविभावकीय संस्थाका रूपमा राजसंस्था कायम हुनुपर्ने, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्द राष्ट्र कायम हुनुपर्ने लगायतका माग अघि सारेको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ०६ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र