प्रचण्डको जिकिर- माओवादीले अधुरै छाडेका एजेन्डालाई जेन-जीहरूले बोकिदिए « Khabarhub

प्रचण्डको जिकिर- माओवादीले अधुरै छाडेका एजेन्डालाई जेन-जीहरूले बोकिदिए


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा विशेष सन्देश जारी गर्दै ‘जेन–जी आन्दोलन’लाई माओवादी जनक्रान्तिले अधुरो छाडेका एजेन्डाको निरन्तरता भएको बताएका छन्।

उनले संविधान जारी भएको दश वर्ष पुगेको स्मरण गर्दै हजारौँ सहिदको बलिदान र लाखौं नागरिकको त्यागपछि बनेको संविधान ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।

तर, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले यस संविधानमा थप संशोधन र परिमार्जन आवश्यक रहेको स्पष्ट पारेको प्रचण्डको भनाइ छ।

‘जेन–जीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको फरक मत थियो,’ उनले स्मरण गराउँदै भने । अहिलेको निर्वाचन प्रणालीले भुइँमान्छेलाई सहभागिताबाट टाढा राखेको पनि उनले बताए। माओवादी शान्ति प्रक्रियामा आउँदा असहमतिका बुँदामा मत मिलेको भए अहिले फेरि युवापुस्ताले रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुने तर्क पनि उनले गरेका छन् ।

सन्देशमा प्रचण्डले भदौको २ दिने आन्दोलनमा ७० भन्दा बढी युवाको मृत्यु भएकामा शोक व्यक्त गरेका छन् । २३ र २४ भदौको प्रदर्शनमा सरकारको दमनले नरसंहार हुन पुगेको उनले बताए ।

२४ भदौमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा भएको तोडफोड र आगजनीलाई भने उनले जेन–जी आन्दोलन नभई प्रतिगमनकारी तत्वको षड्यन्त्र भएको दाबी गरे।

देश पुन: र्निर्माणमा जुट्न सम्पूर्ण पार्टी र जनसमुदायलाई आह्वान गर्दै प्रचण्डले २३ र २४ गतेका घटनाको छानबिनका लागि स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरे।

उनले विगतमा माओवादीबाट पनि कमजोरी भएको स्वीकार गर्दै जनताप्रतिको अपेक्षाअनुसार आफूहरू कमजोर देखिएको बताए। ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो,’ उनले भने ।

प्रचण्डले लोकतान्त्रिक शक्तिहरूबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन् । संविधान दिवसका अवसरमा उनले सबै नेपालीमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षा नै राष्ट्रको स्वतन्त्रताको रक्षा भनेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ५१ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित