जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो « Khabarhub

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी विश्वनाथ अधिकारीलाई हटाएर अर्का एसएसपी रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुख बनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहेका थापालाई भद्रकाली पठाएर अधिकारीलाई हेडक्वार्टर लगिएको छ । थापाले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्व गरिसकेका छन् ।

थापा मिडिया सञ्चालकसमेत रहेका रामेश्वर थापाका भाइ हुन् । यस पटकको आन्दोलनमा थापा सञ्चालक रहेको अन्नपूर्ण मिडिया नेट्ववर्क र कान्तिपुर मिडिया नेट्वर्कमा पनि ठूलो क्षति गरिएको छ।

गत २३ भदौ गते भएको जेन-जी प्रदर्शन प्रहरीबाट भएको दमनका क्रममा विद्यार्थीसहित १९ जना मारिएका थिए। भदौ १४ गते विध्वंशात्मक प्रदर्शन हुँदा मर्नेको संख्या ७३ पुगेको छ । प्रदर्शनका कम्तीमा तीन प्रहरी पनि ज्यान गुमाएका छन् ।

भदौ २४ गते प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, शीतल निवास, बालुवाटारसहित नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश केन्द्रीय नेताको घर ध्वस्त पारेका थिए । त्यही घटनापछि काठमाडौँको नेतृत्व फेरिने चर्चा थियो ।

२०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटना हुँदा पनि अधिकारी नै काठमाडौँ प्रहरी प्रमुखका रुपमा थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको