जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो « Khabarhub

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी विश्वनाथ अधिकारीलाई हटाएर अर्का एसएसपी रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुख बनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहेका थापालाई भद्रकाली पठाएर अधिकारीलाई हेडक्वार्टर लगिएको छ । थापाले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्व गरिसकेका छन् ।

थापा मिडिया सञ्चालकसमेत रहेका रामेश्वर थापाका भाइ हुन् । यस पटकको आन्दोलनमा थापा सञ्चालक रहेको अन्नपूर्ण मिडिया नेट्ववर्क र कान्तिपुर मिडिया नेट्वर्कमा पनि ठूलो क्षति गरिएको छ।

गत २३ भदौ गते भएको जेन-जी प्रदर्शन प्रहरीबाट भएको दमनका क्रममा विद्यार्थीसहित १९ जना मारिएका थिए। भदौ १४ गते विध्वंशात्मक प्रदर्शन हुँदा मर्नेको संख्या ७३ पुगेको छ । प्रदर्शनका कम्तीमा तीन प्रहरी पनि ज्यान गुमाएका छन् ।

भदौ २४ गते प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, शीतल निवास, बालुवाटारसहित नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश केन्द्रीय नेताको घर ध्वस्त पारेका थिए । त्यही घटनापछि काठमाडौँको नेतृत्व फेरिने चर्चा थियो ।

२०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटना हुँदा पनि अधिकारी नै काठमाडौँ प्रहरी प्रमुखका रुपमा थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ३१ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक