रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने « Khabarhub

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको राजनीतिक तथा सामाजिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले भदौ २३ गतेको जेनजीले गरेको शान्तिपूर्ण आन्दोलनप्रति नैतिक ऐक्यबद्धता जनाउँदै, तोडफोड, लुटपाट र विध्वंस भने पार्टीको राजनीतिक संस्कृतिभित्र नपर्ने स्पष्ट गरेको छ।

आन्दोलनपछि समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले रास्वपाले “सद्भाव तथा सहकार्य अभियान” सुरु गर्ने निर्णय गरेको हो। असहमतिलाई संवाद र सहिष्णुताबाट समाधान गर्ने दृढता पनि बैठकले दोहोर्‍याएको छ।

त्यसैगरी, प्रवासी नेपाली नागरिकलाई मतदान अधिकार दिने सम्बन्धमा सरकारले देखाएको चासोलाई रास्वपाले स्वागत गरेको छ। पार्टीले यो विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको उल्लेख गर्दै, अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसका लागि दूतावासरकन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलमा बायोमेट्रिक सेवा उपलब्ध गराउने र सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत गर्ने प्रस्ताव अघि सारेको छ। साथै, धेरै जेनजी पुस्ताका नेपालीहरू मतदाता नामावलीमा सूचीकृत नभएको भन्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दर्ता अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

रास्वपाले केन्द्रीय समितिको बैठक आश्विन ७ गते काठमाडौंमा बस्ने जनाएको छ। बैठकमा पार्टीको आगामी कार्यदिशा तथा बृहत छलफलका लागि विस्तारित बैठक बोलाउने प्रस्ताव पेश गरिनेछ।

यस्तै, पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन आगामी फागुन ७–९ गते गर्ने प्रारम्भिक योजना रहेकोमा, सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेपछि यसको मिति र स्वरूपबारे आवश्यक छलफल विस्तारित बैठकमार्फत टुंग्याइने निर्णय भएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, यी निर्णयहरूले पार्टीको दीर्घकालीन राजनीतिक मार्गचित्रलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ५३ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक