रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने « Khabarhub

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको राजनीतिक तथा सामाजिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले भदौ २३ गतेको जेनजीले गरेको शान्तिपूर्ण आन्दोलनप्रति नैतिक ऐक्यबद्धता जनाउँदै, तोडफोड, लुटपाट र विध्वंस भने पार्टीको राजनीतिक संस्कृतिभित्र नपर्ने स्पष्ट गरेको छ।

आन्दोलनपछि समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले रास्वपाले “सद्भाव तथा सहकार्य अभियान” सुरु गर्ने निर्णय गरेको हो। असहमतिलाई संवाद र सहिष्णुताबाट समाधान गर्ने दृढता पनि बैठकले दोहोर्‍याएको छ।

त्यसैगरी, प्रवासी नेपाली नागरिकलाई मतदान अधिकार दिने सम्बन्धमा सरकारले देखाएको चासोलाई रास्वपाले स्वागत गरेको छ। पार्टीले यो विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको उल्लेख गर्दै, अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसका लागि दूतावासरकन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलमा बायोमेट्रिक सेवा उपलब्ध गराउने र सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत गर्ने प्रस्ताव अघि सारेको छ। साथै, धेरै जेनजी पुस्ताका नेपालीहरू मतदाता नामावलीमा सूचीकृत नभएको भन्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दर्ता अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

रास्वपाले केन्द्रीय समितिको बैठक आश्विन ७ गते काठमाडौंमा बस्ने जनाएको छ। बैठकमा पार्टीको आगामी कार्यदिशा तथा बृहत छलफलका लागि विस्तारित बैठक बोलाउने प्रस्ताव पेश गरिनेछ।

यस्तै, पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन आगामी फागुन ७–९ गते गर्ने प्रारम्भिक योजना रहेकोमा, सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेपछि यसको मिति र स्वरूपबारे आवश्यक छलफल विस्तारित बैठकमार्फत टुंग्याइने निर्णय भएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, यी निर्णयहरूले पार्टीको दीर्घकालीन राजनीतिक मार्गचित्रलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको