‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह | Khabarhub Khabarhub

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका (कामपा)ले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो ।

कामपालको ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्न कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले आग्रह गरे । न्यौपानेले भने, ‘तिहारमा अघिका प्रयोग गरिने मिठाईजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानूनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ ।’

कामपाले प्राविधिक र स्वच्छता मिठाई व्यवसायसँग सम्बन्धित कानूनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाईमा प्रयोग गरिने रङ र सामग्री, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिइसकेको छ ।

कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । कामपाले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ । आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ । अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ ।

केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ । प्रमुख न्यौपानेका अनुसार कानूनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख नुरनिधि न्यौपानेका अनुसार सङ्क्रमण सानो लापार्वाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ उनले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।’ (रासस)

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ११ : २४ बजे

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० जनाभन्दा बढी मारिए

इस्लामाबाद– पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा

फूलखेतीबाट चार करोड आम्दानी

 गण्डकी– पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवराज आचार्यले विगत सात वर्षदेखि

स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

प्रहरीको घेरामा राजावादी समुह (तस्बिरहरू) 

काठमाडौं– सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, तथा राजावादी

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

एजेन्सी – अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की